२७ मंसिर २०८२, शुक्रवार

११ औं महाधिवेशनबाट एमालेको केन्द्रिय सदस्य बन्ने तयारीमा हस्त पण्डित


२६ मंसिर, सिन्धुपाल्चोक । नजिकै आएको नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट सशक्त नेता एवं जिल्ला कमिटी सिन्धुपाल्चोकका पुर्व अध्यक्ष हस्त पण्डितले केन्द्रिय सदस्य बन्ने तयारी गर्नु भएको छ । एमाले भित्रका अनुभवी, कार्यकर्तामुखी र दीर्घ राजनीतिक यात्राका शसक्त व्यक्तित्व हस्त पण्डितले केन्द्रीय सदस्य बन्ने तयारी गर्नु भएको हो ।

२०४० सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका पण्डितले विद्यार्थी राजनीति प्रारम्भिक दिनदेखि नै संगठनलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको  थियो । सरस्वती माध्यमिक विद्यालय ग्याल्थुममा प्रा. क. सचिवको रूपमा जिम्मेवारी सम्हालेका उहाँले पछि आरआर क्याम्पस र त्रिचन्द्र क्याम्पसमा अध्ययनरत रहँदा विद्यार्थी संगठनमा निरन्तर आवद्ध हुँदै आन्दोलनका धेरै चरणमा अग्रपंक्तिमा नेतृत्व प्रदान गर्नु भएको थियो ।
२०४७ सालमा पार्टी सदस्यता लिएपछि पण्डितको राजनीतिक जिम्मेवारी झन् विस्तार हुँदै गयो । गाउँ कमिटी सचिव देखि इलाका कमिटी सचिव सम्मको जिम्मेवारी बहन गर्दै उनले संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक परिपक्वताको आधार सुदृढ बनाउनु भएको थियो । वि.सं २०५१ देखि २०६१ सालसम्म युवा संघ नेपालका जिल्ला अध्यक्ष, त्यसपछि २०६१ मा केन्द्रीय सदस्य र २०६३ - २०६६ मा केन्द्रीय सचिवका रूपमा जिम्मेवारी सम्हाल्दा उहाँले राष्ट्रिय युवा नीतिमा सुझाव राख्ने, विभिन्न युवा संघ-संगठन सँग सहकार्य गरेर अगाडि बढ्नु भएको थियो ।
पार्टी संगठनभित्र पनि उहाँको भूमिका निरन्तर महत्वपूर्ण रहँदै आएको छ। २०५१ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै २०६६- २०६९ मा जिल्ला अध्यक्षका रूपमा कार्यरत रहँदा उहाँले जिल्लामा संगठन सुदृढीकरण, जनआन्दोलनका चरणहरूमा सक्रियता र पार्टी नीतिप्रति जनविश्वासमा उल्लेखनीय भूमिका खेल्नुभएको थियो ।
हाल पण्डित २०७० सालदेखि पार्टीको बागमती अञ्चल समन्वय समिति, बागमती प्रदेश कमिटी तथा पार्टीका केन्द्रीय विभागहरूमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । लामो राजनीतिक अनुभव, संगठन निर्माणमा दक्षता र निरन्तर जनसरोकारमुखी कार्यशैलीका कारण महाधिवेशनमा उहाँको उम्मेदवारीलाई कार्यकर्ताहरूले सकारात्मक रूपमा लिएको देखिन्छ ।
पार्टीभित्र धरातलीय अनुभव, दीर्घ राजनीतिक यात्रा र संगठनप्रतिको समर्पणका आधारमा हस्त पण्डित ११औँ महाधिवेशनमा बलियो दावेदारका रूपमा उदाउनु भएको हो । सिन्धु एमाले भित्र मात्रै होइन नेता र नेतृत्वको हिसाबले   एक सक्षम, अनुशासित र संगठन - निर्माणमा दक्ष नेतृत्वका रूपमा परिचित हुनुहुन्छ पण्डित ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.