२२ चैत २०८२, आइतवार

१३२औँ काव्यगोष्ठी शृङ्खला

काठमाडौं । काठमाडौँमा नोबेल साकोस साहित्य संस्था, केन्द्रको आयोजनामा १३२औँ मासिक काव्यगोष्ठी शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। २०८२ साल चैत २१ गते आयोजित उक्त कार्यक्रममा संस्थाकी सदस्य इन्दिरा रेग्मीको मुक्तक सङ्ग्रह “अक्षरमा अनुभूति” को लोकार्पण गरिएको थियो।

कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव सुशीला ढकाल अधिकारीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्रा. डा. गोविन्द मान सिंह कार्की उपस्थित थिए। बेलकोटगढी नगरपालिका, नुवाकोटका उपप्रमुख शिव दाहाल विशिष्ट अतिथि रहँदा प्रभात दीक्षित र पुष्पप्रसाद लुइँटेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए। साथै ध्रुव गजुरेल, निर्मल रमण पराजुली, दामोदर ढकाल, सुमित्रा सुमी, लक्ष्मण सिटौला, चन्द्रा न्यौपाने, द्वारिका कुइँकेल, दुर्गा अधिकारी भमरकोटे, छविलाल भट्टराई, अरुण अनुराग लगायतका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक संयोजक राजन प्रसाद न्यौपानेले गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यकारहरूको उल्लेखनीय सहभागिता देखिएको थियो, जसमा सानू शर्मा, दलबहादुर नेपाली, सीता घिमिरे, रञ्जिता शाह, सुचित्रा काफ्ले, सम्मान आचार्य, दीपक ढकाल, राजन आचार्य, दयाराम चौधरी लगायतका सर्जकहरू सहभागी भएका थिए।

पुस्तक लोकार्पणपश्चात् वक्ताहरूले इन्दिरा रेग्मीको कृतिले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए। उक्त कार्यक्रम काठमाडौँको मध्यबानेश्वरस्थित रत्न पुस्तकालयमा सम्पन्न भएको हो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.