१६ साउन २०८२, बिहिवार

कागतीले बजार नपाउँदा तनहुँका किसान निराश

तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल कागती उत्पादनमा सफल भए पनि बजार नपाउँदा चिन्तित छन्। उनले २० रोपनी क्षेत्रफलमा लगाएको कागती बिक्री नहुँदा बारीमै थन्किएको छ। ‘बारीसम्म गाडी नपुग्ने, मान्छेले बोकेर लैजाँदा खर्च बढी हुने, त्यसमाथि उचित मूल्य नपाइने समस्या छ,’ मल्लले गुनासो गरे।

बजार खोज्न मल्ल काठमाडौंसम्म पुगेका छन्। उनले ३० केजीभन्दा बढी कागती किन्न इच्छुक व्यापारीलाई बारीमै आएर छानी टिप्न दिने व्यवस्था गरेको बताए। तर, गाउँपालिकाले बजार व्यवस्थापनमा सहयोग नगरेकोप्रति उनले असन्तोष व्यक्त गरे।

यसैबीच, गत जेठ १ र २ गतेको हावाहुरीले मल्लका ५०० कागतीबोटमध्ये ५० बोटमा क्षति पुर्‍याएको छ। सात वर्षदेखि कागतीखेतीमा लागेका मल्लले उत्पादनमा क्षति र बजार अभावका कारण थप निराशा व्यक्त गरेका छन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.