१७ साउन २०८२, शुक्रवार

बौद्धिक अभियान' विमोचन

काठमाडौं । मदन  भण्डारी बौद्धिक मंचद्वारा प्रकाशित 'बौद्धिक अभियान' पुस्तकको विमोचन भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतमा रैथाने ज्ञान सिप र प्रविधिलाइ समेटेर तयार पारिएको  'बौद्धिक अभियान' नामको पुस्तक विमोचन गरिएको हो । 

बौद्धिक अभियानको विमोचन गर्दै एमाले उपाध्यक्ष बरालले नेपालमा रैथाने ज्ञान, सिप र प्रविधिको आवश्यकता धेरै  रहेको बताउनु भएको छ । उहाँले नेपालको कर्मचारी तन्त्र पुरानै ढर्‍आमा रहेकोले आधुनिक खाले काम हुन नसकेको बताउनु भएको छ । मध्य पहाडमा १० शहर विकास गर्ने भनेर  सरकारले सपना देख्यो, योजना बनायो तर कर्मचारी तन्त्रले अत्यन्त अपुरो, अपुर्ण काम गरेको बताउनु भयो । सरकारले सपना देखेको तर कार्यान्वयन गर्ने कर्मचारीको दक्षता नभएको बताउनु भयो ।  समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि मदन भण्डारी बौद्धिक मंचलेपनि आवाज उठाउन अनुरोध गर्नु भएको छ । एमालेले गरेको झुलाघाट चुवाभन्ज्याङ्ग यात्राको बेलाको कार्यक्रमहरुको फोटाको पुस्तक तयार गरेको तर त्यसमा के गर्न पर्नि ? कसरी गर्ने? आदि आवश्यक बिषय नभएकोले अब बौद्धिक मंच त्यसमा लाग्न पनि आग्रह गर्नु भयो । 

उपाध्यक्ष बरारले नेपालमा धेरै विश्वाविद्यालय भयो भन्ने सन्दर्भमा ताइवान र बंगलादेशलाइ हेर्न आग्रह गर्नु भयो । कसरी उध्यमसिलाता बनाउनेतर्फ लाग्न युनिभर्सिटीका डिनहरु लाग्न पर्ने, नेपालमा सुशासनको पाइला बनेर मदन भण्डारी बौद्धिक मंच लाग्न पर्ने , सिटीइभिटीलाइ पनि सुधार्नको लागि पनि बौद्धिक मंचको ध्यान जान पर्ने  बताउनु भएको छ । साथै उहाँले  नेपालमा पीएचडी गर्नेहरुको सन्दर्भमा केहि समस्या रहेको बताउनु भयो । घोटिएर , मेहनत गरेर, देशकै बिषयमा राम्रो अनुसन्धान गरेर  उपाधी हासिल गर्ने र बिहारको बजारमा गएर उपाधी ल्याउनेलाइ बराबर मान्यता दिनु उपयुक्त नभएको बताउनु भयो । रोजगारको सन्दर्भमा चीनबाट  बिदेश जानेले पुँजी प्रविधि र लगानी कर्तालाइ समेत लिएर फर्कने गरेको सुनाउदै  नेपालबाट पनि बिदेश रोजगारमा जानेहरु त्यसतर्फ उन्मुख हुनेमा आशावादी रहेको बताउनु भयो । कोभिडको बेलामा घरमा बसेर आइटीमा ज्ञान हासिल गरेकोले अहिले विश्व  बजारमा धेरै नेपाली युवाले आफ्नो सीप बेच्न सफल भएको जानकारी गराउनु भयो ।

फरक प्रसंगमा उपाध्यक्ष बरालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलि र पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारी एक सिक्काका दुइपाटा भएकोले ओलि र भण्डारी एकभएर अघि बढ्नेमा कुनै शंका नरहेकोले बाहिरी हल्लाको पछि नलाग्न सबैलाइ आग्रह गर्नु भयो ।

पुस्तक विमोचनको साथै काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक डा. दुर्गा बरारले नेपालमा शिक्षा र सीप भन्ने बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो । उक्त कार्यपत्र प्रति  भएको छलफलमा बौद्धिक मंचका निवर्तमान अध्यक्ष कुलबहादुर आचार्य, सदस्य राधा आचार्य, नेपाल सरकारका पुर्व सचीव डा. मानबहादुर बिकेले आआफ्नो धारणा राख्नु भएको थियो । प्रकाशित पुस्तकको बारेमा बौद्धिक मंचका सहसचिव नवराज पोखरेलले प्रट्याउनु भएको थियो । पुस्तक विमोचन तथा कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता बौद्धिक मंचका अध्यक्ष डा. बाबुराम अधिकारीले, स्वागत मन्तव्य उपाध्यक्ष पुण्यप्रसाद ढकालले र संचालन सचीव लक्ष्मणबहादुर रायमाझीले गर्नु भएको थियो । अध्यक्ष अधिकारीले छलफलबाट आएका सल्लाह  सुझावलाइ अनुसरण गर्दै जाने बताउनु भएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.