२५ असोज २०८२, शनिवार

खरानीबाट देश उठाउने १० चरणको रोडम्याप:  राष्ट्रिय पुनर्जागरणका लागि मार्गचित्र

रामकृष्ण तिमल्सिना 

१. यथार्थको स्वीकार र आत्ममूल्यांकन:

देश उठ्ने पहिलो कदम हो  आत्मसमीक्षा। कहाँ गल्ती भयो? किन हामी खरानीमा पुग्यौं? कुन संस्थागत कमजोरीले राज्यको मेरुदण्ड भाचियो? यो चरणमा भावनात्मक होइन, तथ्यआधारित आत्ममूल्यांकन आवश्यक हुन्छ।

२. राष्ट्रिय चेतना पुनर्जागरण:

खरानीबाट उठ्ने शक्ति जनचेतनामा लुकेको हुन्छ। शिक्षा, साक्षरता, र नागरिक नैतिकताको पुनर्जागरण। “देश मेरो हो” भन्ने भाव पुनर्जीवित गर्न जनआन्दोलन होइन, ज्ञान आन्दोलन चाहिन्छ।

३. उत्तरदायी नेतृत्व निर्माण:

चरित्रवान, दूरदर्शी र उत्तरदायी नेतृत्व प्रणाली विकास। दलभन्दा राष्ट्रमुखी सोच र उत्तरदायित्वको संस्कार। राजनीतिक शिक्षण र नैतिक शपथको प्रचलन।

४. संस्थागत पुनर्निर्माण:

न्यायपालिका, प्रशासन, सुरक्षा निकाय, र आयोगहरूलाई स्वतन्त्र, पारदर्शी, र प्रभावकारी बनाउने। संस्थाहरूलाई व्यक्तिभन्दा ठूलो बनाउने संस्कार।

५. आर्थिक पुनरुत्थान र उत्पादनमुखी नीति :

आत्मनिर्भर कृषि, साना उद्योग, र प्रविधिमा आधारित सेवा क्षेत्र। लगानी वातावरण सुधार, युवालाई रोजगारी र सीपमा लगाउने। वैदेशिक सहायता होइन, स्वदेशी स्रोत र श्रमको सम्मान।

६. सामाजिक न्याय र समावेशिता:

जात, वर्ग, लिङ्ग, क्षेत्रीय असमानता घटाउने नीति। अवसर, सम्मान, र न्यायमा समान पहुँच। “हामी सबै एक राष्ट्रका सन्तान हौं” भन्ने अनुभूति विकास।

७. कानुनी शासन र उत्तरदायित्व :

भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न स्वचालित प्रणाली। कानून सबभन्दा माथि हुन्छ व्यक्ति होइन। स्वतन्त्र प्रेस, नागरिक निगरानी, र पारदर्शिता प्रवर्द्धन जरुरी छ।

८. नैतिकता र आध्यात्मिक बल :

विद्यालयदेखि नेतृत्वसम्म नैतिकता आधारित मूल्य शिक्षाजरुरी छ।धर्म, दर्शन र मानवता केन्द्रित सोचको पुनर्जीवनआवस्यक हुन्छ। व्यक्तिगत लोभभन्दा सामूहिक कल्याणको सोच विकास गर्नु पर्नेछ।

९. वातावरणीय पुनर्जीवन:

वन, पानी, हावा, माटो  नै  देशका प्राण हुन्। प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग र संरक्षण नभइ हुदैन। हरियाली अर्थतन्त्र (green economy) को विकास जरुरी छ।

१०. दीर्घकालीन राष्ट्रिय दृष्टि :

पाँच वर्षे होइन, ५० वर्षे राष्ट्रिय दृष्टि तयार पार्नुपर्ने। राजनीतिक परिवर्तन भए पनि नीति र दिशा स्थिर रहनु पर्छ। इतिहास, संस्कृति, र आधुनिकता बीच सन्तुलनआवस्यक छ।

संक्षेपमा भन्दा देश खरानीबाट त्यतीवेला उठ्न सक्छ जब जनता जाग्छन्, नेतृत्व उत्तरदायी हुन्छ, नीति न्यायपूर्ण हुन्छ, र मूल्यहरू पुनःजागृत हुन्छन्। त्योबेला देश “भूतपूर्व महिमा” होइन, “नवमहिमा”मा प्रवेश गर्छ। तिमल्सिना सर्वोच्च अदालतको पुर्व रजिस्ट्रार तथा समावेशी आयोगको पुर्व अध्यक्ष हुनुहुन्छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.