विमुन्स पौडेल, काठमाडौं
के भयो दाषता भित्र नै फैलियो राज्य को व्यस्तता झन् झनै मैलियो देश मा योजना रम्य छैनन् हरे भेष को पीर मा पुत्र छैनन् अरे ॥१
के भए के भए आज नारीहरू ? आपसी मित्रता मासियो के गरूँ व्यस्तता लोभ मा मोह मा देखियो रिक्तता देश को भक्ति मा देखियो ॥२
मा हेर आमाहरू छन् रुँदै गाँउ जिर्ण पाखा भए बन्द को नाउँ मा हेर भ्राताहरू व्यस्त छन् पेच मा सोध बाबाहरू क्रुद्ध छन् लेक मा ॥३
शासकी जो छ हेर्दा अझै चुप्प छन् लाख को रुग्णता धेर नै स्तब्ध छन् सुन्नका जाँगरीला कतै को छर मस्त छन् माथि का सुन्न को के कर ॥४
कर्म सच्याउँदा आपसी मेल मा हात लम्काउँदा देश को पक्ष मा देश ले दृश्य यो फेर्न सक्ला कि त पुत्र को भाव मा देश बस्ला कि त ॥५
छन्द : स्रग्विणी छन्द (गणः रररर)
नसुनिने आवाज । ९
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.