हुमकला पाण्डे
नव वर्ष २०८३ को सुनौलो बिहानसँगै
नयाँ आशा, उज्यालो र नयाँ पहिचान ल्याओस्।
सुस्वास्थ्यको माला गासियोस् जीवनमा,
दीर्घायुको दीप झन् उज्यालो बनिरहोस्।
हरेक पाइला सुन्दर फूलले सजियोस्,
हरेक सपना सत्यको बाटोमा फक्रियोस्।
मनमा नकारात्मक छायाँ कहिल्यै नपरोस्,
सकारात्मक सोचको सूर्य सधैं उदाओस्।
वैरभावका बादल हराएर जाऊन्,
माया, प्रेम र सद्भावका झरी निरन्तर झरिरहून्।
लक्ष्यहरू दृढ बनून्, सङ्कल्प अटल रहोस्,
खुशीका लहरहरू मनभित्र सधैं बहिरहून्।
कसैप्रति गुनासो होइन, कृतज्ञको भाव बढोस्,
क्षमाशील मनले संसार नै सुन्दर बनाओस्।
सत्य असत्य, उज्यालो अँध्यारो सबै बुझ्दै,
सन्तुलित मनले जीवनको गीत गाउँदै,
शान्त, सुन्दर र अविचल हृदयले
सबैप्रति सहभाव सधैं फैलिरहोस्।
सम्बन्ध विस्तारित होइन, गुणस्तरीय बनून्,
शङ्कारहित विश्वासले गहिरो अर्थ पाओस्।
नव वर्ष २०८३ को पावन अवसरमा
यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र
अनन्त खुसीको हार्दिक शुभकामना।।
मिति 2082-12-30
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.