सिन्धुपाल्चोक । यहाँका केहि व्यक्तिलाइ एउटा जलविद्युत आयोजनामा जागिर खाएर अर्को जलविद्युत आयोजनामा अबरोध गरेको आरोप लागेको छ । मध्य भोटेकोसी जलविद्युत् आयोजनामा जागिर खाएर निर्माबाधिन कालिका जलविद्युत आयोजनालाइ अबरोध गर्न लागेको आरोप बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका केशव तामाङसहित केही व्यक्तिलाइ लागेको हो ।
बाह्रबिसे नगरपालिका क्षेत्रमा निर्माणाधीन कालिका जलविद्युत् आयोजना पछिल्लो समय केही व्यक्तिहरूको गतिविधिका कारण विवादमा तानिएको छ। आयोजना पक्ष तथा स्थानीय स्रोतका अनुसार केही व्यक्तिले व्यक्तिगत स्वार्थसँग जोडिएका माग अघि सार्दै आयोजनाको निर्माण कार्य प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइएको छ।
स्थानीयका भनाइअनुसार मध्य भोटेकोसी जलविद्युत् आयोजनामा कार्यरत बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका केशव तामाङसहित केही व्यक्तिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयलाई लिएर दबाब सिर्जना गरिरहेको दाबी गरिएको छ। उनीहरूले केही युवालाई पनि साथमा लिएर आयोजनास्थलमा पुग्ने, निर्माण कार्यमा असहज वातावरण बनाउने तथा कामको गति प्रभावित पार्ने गतिविधि गरेको आरोप स्थानीयको छ।
यद्यपि यी आरोपबारे सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। घटनाबारे प्रहरीलाई जानकारी गराइएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। हालसम्म करिब २० प्रतिशत निर्माण सम्पन्न भइसकेको यस आयोजना स्थानीय पूर्वाधार विकास र ऊर्जा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा व्यक्तिगत विवाद वा स्वार्थका कारण विकास आयोजनामा अवरोध सिर्जना हुनु उचित नभएको स्थानीयको धारणा छ। उनीहरूले यदि कसैका गुनासा वा माग छन् भने कानुनी र संस्थागत प्रक्रियाबाट समाधान खोज्नुपर्ने बताएका छन्।
स्थानीय बासिन्दाले यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न, दोषी देखिए कानुनअनुसार कारबाही गर्न तथा आयोजना प्रभावित हुने कुनै पनि गतिविधि नियन्त्रण गर्न आग्रह गरेका छन्। विकास आयोजनालाई अनावश्यक विवादमा तान्नु न स्थानीय हितमा हुन्छ, न त समग्र जिल्लाको विकासका लागि सकारात्मक मानिन्छ भन्ने उनीहरूको भनाइ छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.