२४ साउन २०८३, आइतवार

दलित लक्षित कार्यक्रमबारेको समाचारप्रति चन्द्रावती नेपालीको ध्यानाकर्षण

लिसंखुपाखर । लिसंखुपाखर गाउँपालिका–६ मा सञ्चालित दलित लक्षित कार्यक्रमका विषयमा केहि संचार माध्यमले भिडियो सामग्री सहित सार्वजनिक गरेकोप्रति गाउँपालिका कार्यपालिका सदस्य चन्द्रावती नेपालीले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

नेपालीले आफू दलित क्लस्टरबाट कार्यपालिका सदस्य निर्वाचित भएको हैसियतले उक्त क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न पहल गरेको स्वीकार गर्दै गाउँपालिकाको खरिद प्रक्रिया भने आफू प्रत्यक्ष रूपमा संलग्न हुन नमिल्ने र आफू कुनै पनि खरिद प्रक्रियामा संलग्न नभएको स्पष्ट पारेकी छन्।

उनका अनुसार गाउँपालिकाले कानुन तथा निर्धारित प्रक्रियाअनुसार खरिद गरेको भाँडाकुँडा तथा अन्य सामग्री स्टोर शाखामार्फत सम्बन्धित उपभोक्ता समितिलाई सम्झौताअनुसार हस्तान्तरण गरिएको हो। आफ्नो टोलमा जाने सामग्री भएकाले गाउँपालिकाले घर जाँदा ती सामग्री पुर्‍याइदिन अनुरोध गरेपछि आफूले अनुरोध स्वीकार गरी सामग्री पुर्‍याउनेसम्मको काम गरेको नेपालीको भनाइ छ।

समितिले सामग्री दाखिला गर्ने क्रममा माग र सम्झौतामा उल्लेख भएअनुसारको आकार तथा साइजका सामग्री नभएको गुनासो आएपछि आफूले समेत गाउँपालिकामा जानकारी गराउँदै आवश्यक छानबिन र सच्याउन पहल गरेको उनले बताएकी छन्। गाउँपालिकाको स्टोर शाखाले सामग्री साटिदिने बताएपछि तत्काल सार्वजनिक नगरिएको र त्यसलाई अहिले आफूले भएको कमजोरीका रूपमा महसुस गरेको पनि नेपालीले स्पष्ट पारेकी छन् । फोन वार्ता रेकर्ड गर्ने अनुमति बिना रेकर्ड गरेर सार्वजनिक गर्ने जस्तो  गैरकानुनी काम प्रति नेपालीको गम्भीर आपत्ति जनाएकी छन । फोनवार्ताका क्रममा आफूले अश्लील शब्द प्रयोग गरेको तथा दिउँसो रेकर्ड गरिएको भिडियो सार्वजनिक नगर्न दबाब दिएको भन्ने आरोपसहित सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक प्रचार गरिएकोमा पनि  भन्दै नेपालीको आपत्ति छ ।

उनले आफूविरुद्ध लगाइएका उक्त आरोपहरू गलत र आफ्नो चरित्रमा आँच पुर्‍याउने उद्देश्यले गरिएको दाबी गर्दै गाउँपालिकामा हुने कानुनविपरीतका कुनै पनि कारोबारमा आफू विगतमा पनि संलग्न नभएको र आगामी दिनमा पनि संलग्न नहुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

“गाउँपालिकामा हुने गलत तथा कानुनविपरीतका विषयमा हिजो पनि कतै जोडिएको छैन, भोलि पनि जोडिने छैन। गलत विषयको सधैं खबरदारी गरिरहनेछु,” कार्यपालिका सदस्य नेपालीले जारी गरेको वक्तव्यमा उल्लेख गरेकी छन्।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.