सन्तोष बोहरा , काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरूको सकुशल घरफिर्तीको कामना तथा विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वयंभूनाथमा स्मृति, करुणा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार यही शनिबार स्वयंभूनाथ परिसरमा दिउँसो “साँझ ४ बजेर ३० मिनेटमा” कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा बाढी तथा विपत्तिका कारण ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्नुका साथै बौद्ध भिक्षुहरूबाट शान्ति पाठसमेत गरिनेछ।
नेपालले आगामी दिनमा यस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने कामनासहित आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सक्रिय सहभागिताका लागि आयोजकले सबैमा हार्दिक अपिल गरेको छ। कार्यक्रमबारे जानकारी दिँदै बुद्ध थाङ्का ट्रेजर, स्वयंभूका सञ्चालक सूर्यदीप प्रसाद श्रेष्ठले विभिन्न संघ–संस्थाको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।
श्रेष्ठले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारप्रति साथ र ऐक्यबद्धता जनाउन कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.