१८ भदौ २०८३, बिहिवार

भोटेकोशी बाढीपीडित बिरामीका लागि रगत जुटाउँदै सुनकोशी इन्द्रावती समाज

सन्तोष बोहरा , भक्तपुर । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित तथा उपचाररत बिरामीहरूलाई रगतको अभाव हुन नदिन सुनकोशी इन्द्रावती समाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा भक्तपुरस्थित भिजन मन्टेश्वरी स्कुलमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममा क्षेमादेवी ग्रुप र डि. एक्स. ट्रेडिङ, भक्तपुर ले सहयोग गर्ने भएका छन्।

बाढीबाट प्रभावित नागरिकहरू उपचाररत रहेको अवस्थामा रगतको आवश्यकता पर्न सक्ने भएकाले मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

सुनकोशी इन्द्रावती समाजका अध्यक्ष भुपेन्द्र थापाले सिन्धुपोष्टलाई जानकारी दिँदै विपद्का बेला बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

अध्यक्ष थापाले रक्तदान गर्न इच्छुक स्वस्थ नागरिकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै एक व्यक्तिले गरेको रक्तदानले संकटमा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

विपद्का समयमा मानवीय सहयोग र सामाजिक एकताको सन्देश दिने उद्देश्यले आयोजना हुन लागेको उक्त रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.