केशब नेपाल
जेन्जी विद्रोहको उद्देश्य
न्यायपूर्ण माग
भ्रष्टाचारमुक्त देश
सुशानयुक्त काम
सामाजिक सञ्जाल प्रतिबन्धको अन्त्य
यी आफ्ना मागहरु लिएर
ती निहत्था जेन्जीहरू
त्यो शान्तिपूर्ण आन्दोलनमा
नारा लगाउँदै
गीत गाउँदै
नाच्दै र बजाउँदै
माइती घरबाट बानेश्वर पुग्दा पुग्दै
अमेरिकी रणनीतिमा
अमेरिकी पूर्व गुरुयोजनामा
अमेरिकी लगानीमा
त्यो शान्तिपूर्ण आन्दोलन
हाइज्याक गरियो
डिस्कोर्डमा सामेल हुनेहरू
हतियारबद्ध TOB बाइकर्सहरू
कालो नकाबधारी सार्प सुटरहरू
नक्कली जेन्जीहरू
घुसपैठ गरियो
उत्तेजित पारियो
मुठभेडमा लगियो
भिडन्त सुरु गरियो
त्यो देखेर
त्यो बुझेर
सक्कली जेन्जीहरूले
घुस पैठ भो भन्दै
आन्दोलन हिंसात्मक हुन्छ भन्दै
घर फर्कनु आह्वान गर्दै थे
तर आन्दोलन भडकियो
ती कलेज र स्कुल ड्रेसका
ती कलिला निहत्था जेनजीहरूको
टाउको र छातीमा
ताकी ताकी
प्रहरीहरुले अन्धाधुन्दा गोली बर्षाए
सयौँ सहिद बने
हजारौँ हजार घाइते भए
बानेश्वर रणमैदान बन्यो
पुरै सडक रगताम्य भो
लासहरू सडकमै छरिए
घाइतेहरू अस्पतालमा भरिए
रगताम्य चुडिएका चप्पलहरू
रगताम्य जुत्ताहरू
च्यातिएका रगताम्मे लुगाहरू
सडकमा भेटिए
तर मान्छेहरू भेटिएनन्
टुक्रिएका ईट्टा र ढुङ्गाहरू
गोलीका खोकाहरू
गोली र बारुदहरू
सडकभरि छरीबरी देखिन्थे
त्यत्रो ठूलो नरसंहारको
त्यो भयावह र विभत्स दृश्य
कति दर्दनाक थ्यो !
कति कहालीलाग्दो थ्यो !!
कति डरलाग्दो थ्यो!!!
कति भयङ्कर थ्यो!!!
सासक तिमीहरु
कति क्रुर !
कति बरबर!!
कति निर्मम!!!
कति अमानवीय!!
कति हृदयहीन !!!
जेनजीहरूको बगेको त्यो रगत
न्यायको लागि
स्वतन्त्रताको लागि
समानताको लागि
नयाँ परिबर्तनको लागि
जेन्जीहरूको भविष्य र सपनाहरू
चक्नाचुर पार्ने
ती नरसंहारकारीहरूलाई
ती अपराधीहरूलाई
ती हत्याराहरूलाई
दण्डित गर !
दण्डित गर!!
फेरि दण्डित गर!!!
२०८२भाद्र -चैत्र
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.