९ असोज २०८३, शुक्रवार

चिसो मौसममा तिम्रो न्यानो साथ

डा.टिका ढकाल, काठमाडौं 

वर्षाको मौसम छ, टाढाको यात्रा अहिले सम्भव छैन,

यही चिसो साँझमा तिम्रो न्यानो साथको बहार गरौँ न।

तातो चियाको बाफसँगै एकअर्काको आँखामा हराउँदै,

मिठा परिकार, मीठा संवाद, मनको प्यार गरौँ न।

जीवनका सुख–दुःख गन्दै, हाँसो र आँसु साट्दै,

बितेका दिनको ऐनामा उभिई गहिरो विचार गरौँ न।

देशका पीडा, समाजका सपना, परिवर्तनका बाटाहरू,

हाम्रो प्रेमको घेराभन्दा बाहिर पनि केही व्यवहार गरौँ न।

तिम्रो सपना मेरो सपना, मेरो भरोसा, तिम्रो श्रम

उन्नति र प्रगतिको यात्रालाई साझा आधार गरौँ न।

समयले जति परीक्षा लिओस्, हात नछुटोस् जीवनभर,

अँध्यारा दिनको छाती चिरी उज्यालो संसार गरौँ न।

न धनको लोभ, न प्रसिद्धिको मोह, न क्षणिक आकर्षण,

एकअर्काको आत्मसम्मानलाई जीवनको उपहार गरौँ न

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.