११ असोज २०८३, आइतवार

ग्रामीण क्षेत्रमा देखिएको एनोमली स्कूयानको समस्या

जेनी श्रेष्ठ, दोलखा । गर्भावस्थामा भ्रूणको शारीरिक विकास तथा सम्भावित जन्मजात विकृति Congenital Birth Defects) पहिचान गर्न गरिने एनोमली स्कूयान (Anomaly Scan) अत्यन्त महत्वपूर्ण परीक्षण हो। सामान्यतया गर्भावस्थाको १८-२२ हप्ताको अवधिमा गरिने यस परीक्षणबाट भ्रूणको मस्तिष्क मुटु, मेरुदण्ड, हातखुट्टा, पेटलगायत विभिन्न अंगहरूको विकास, अवस्थाको मूल्याङ्कन गर्न सकिन्छ। समयमै समस्या  पहिचान  भएमा आवश्यक परामर्श थप परीक्षण, उपचार तथा व्यवस्थापनका लागि उचित योजना बनाउन सहज हुन्छ।

NDHS 2022 को रिपोर्टअनुसार ५ बर्ष मुनिका बाल बालिकाको मृत्युदर र शिशु मृत्युदर क्रमश ३३ र २८ प्रति हजार जीवित जन्ममा रहेको छ। बिश्वमा सन् २०१९ देखि २०२० सम्म भएका बाल मृत्युहरूमा जन्मजात विकलांगता हुने कारणले मृत्यु ६ देखि ७ प्रतिशत सम्म बढेको देखिएको छ भने South East Asia मा ६ देखि ९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। त्यूसैगरि NDHS २०१६ को तथ्यांकले जन्मजात विकलांगताका कारणले ७ प्रतिशत नवजात शिशुको मृत्यु हुने देखाएको छ ।

नेपालमा मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सुधार हुँदै आए पनि जन्मजात विकृति तथा नवजात शिशुको मृत्यु अझै महत्वपूर्ण स्वास्थ्य चुनौतीका रूपमा रहेको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा एनोमली सख्यानको पहुँच सीमित हुँदा यो समस्या अझ गम्भीर बन्न सक्छ।

ग्रामीण क्षेत्रमा देखिएका प्रमुख समस्याहरू

ग्रामीण क्षेत्रमा एनोमली स्कूयान सेवा प्रभावकारी रूपमा उपलब्ध नहुनुका विभिन्न कारणहरू छन्। पहिलो धेरै स्वास्थ्य संस्थामा ३डी अल्ट्रासाउन्ड उपकरण तथा आवश्यक प्रविधिको अभाव उपकरण उपलब्ध भएका स्थानमा पनि दक्ष तथा तालिमप्राप्त जनशक्तिको कमी देखिन्छ। छ। प्राय जसो दुर्गम जिल्लाहरुमा एउटा पनि सस्थामा anomaly scan गर्ने सुबिधा नरहेको पाइएको छ। फलस्‌वरूप गर्भवती महिलाले आवश्यक समयमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्दैनन्।

भौगोलिक विकटता, यातायातको असुविधा र आर्थिक समस्या पनि ग्रामीण क्षेत्रका प्रमुख बाधा हुन्। एनोमली स्कूयानका लागि गर्भवती महिलाले टाढाको अस्पताल वा सहरसम्म जानुपर्ने अवस्था हुँदा समय र खर्च दुवै बढ्छ। कतिपय परिवारमा यस परीक्षणको महत्वबारे पर्याप्त जानकारी नहुँदा नियमित गर्भजाँच गरे पनि एनोमली साह्यान छुट्ने गरेको पाइन्छ।

Normal scan anomaly scan एउटै होइनन् तर सामान्य अल्ट्रासाउन्डको रिपोर्टलाई नै पर्याप्त ठान्ने प्रवृत्ति पनि देखिन्छ। सामान्य अल्ट्रासाउन्डले गर्भावस्थाको सामान्य अवस्था तथा भ्रूणको वृद्धि मूल्याङ्कन गर्न सहयोग गरे पनि विस्मृत एनोमली स्कुयान भ्रूणका विभिन्न अंग तथा संरचनाको विस्मृत परीक्षणमा विशेष ध्यान दिन्छ। कतिपय दुर्गम जिल्लाहरुमा निजी स्वास्थ्य सस्थाहरुले सामान्य अल्ट्रासाउन्डको रिपोर्टलाईनै anomaly scan भनि गर्भवती महिलाहरुमा भ्रम सिर्जना गरि बढी रकम अशुल गरि ठगि गरेको अवस्था समेत रहदै आएको छ / जसले गर्दा गर्भवती महिला तथा परिवार बच्चाको anomaly scan सामान्य छ भनि बस्से र पछी सुत्केरी हुदा मात्र विकलांगता थाहा पाउने हुदा उहाहरुलाई stress हुने आदि समस्या देखा पर्ने गरेको देखिन्छ। यसको प्रभाव

एनोमली स्कुयानको पहुँच नहुँदा भ्रूणमा भएका कतिपय जन्मजात विकृति समयमै पहिचान हुन नसक्ने सम्भावना हुन्छ। परिणामस्वरूप जन्मपछि मात्र समस्मा थाहा पाउन सकिन्छ, जसले परिवारमा मानसिक, सामाजिक तथा आर्थिक बोझ थपिन सक्छ। कतिपय अवस्थामा जन्मपछि तत्‌काल विशेष उपचार वा विशेषज्ञ सेवाको आवश्यकता पर्न सक्छ।

त्यसैले गर्भावस्थामा समयमै एनोमली स्कुयान गराउनुपर्ने विषयमा गर्भवती महिला तथा परिवारलाई पर्याप्त जानकारी  र परामर्श दिन आवश्यक छ।

सुधारका लागि आवश्यक पहल

ग्रामीण क्षेत्रमा एनोमली स्कुयानको पहुँच विस्तार गर्न स्थानीय तथा प्रदेशस्त्रका स्वास्थ्य संस्थामा आवश्यक अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराउने, दक्ष स्वास्थ्यकर्मी तथा सोनोग्राफरलाई आवश्यक तालिम प्रदान गर्ने र विशेषज्ञ सेवा विस्तार गर्ने कार्य आवश्यक छ। साथै दुर्गम क्षेत्रमा नियमित विशेषज्ञ शिविर (Specialist Camp) सञ्चालन गरी गर्भवती महिलालाई एनोमली स्कुयान तथा परामर्श सेवा उपलब्ध गराउन सकिन्छ।

स्वास्थ्यकर्मीमार्फत समुदायमा जनचेतना अभिवृद्धि गर्दै गर्भावस्थाको निर्धारित समयमा एनोमली स्कूयान गराउन प्रोत्साहित गर्नुपर्छ। आवश्यक परेमा शंकास्पद केसलाई समयमै उच्चस्त्रीय स्वास्थ्य संस्थामाreferral गर्ने व्यवस्था पनि प्रभावकारी बनाउनुपर्छ।

निष्कर्ष

एनोमली स्कुयान जन्मजात विकृति तथा भ्रूणको असामान्य विकास समयमै पहिचानगर्ने महत्वपूर्ण माध्यम हो । ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको पहुँच, दक्ष जनशक्ति र आवश्यक प्रविधिको अभावका कारण धेरै गर्भवती महिलाले समयमै यो सेवा प्राप्त गर्न नसकेको अवस्था छ। त्यसैले "समयमै एनोमली स्कुयान सुरक्षित मातृत्व र स्वस्थ नवजात" भन्ने उद्देश्य‌का साथ सेवा विस्तार जनचेतना, दक्ष जनशक्ति विकास र विशेषज्ञ सेवासँगको सम्बन्धलाइ प्राथमिकता दिन आवश्यक छ। श्रेष्ठ पशुपति चौलागाईं मेमोरियल अस्पताल दोलखामा कार्यरत हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.