२५ असोज २०८३, आइतवार

कठै मेरो देश

डा. टिका ढकाल, काठमाडौं ।

कहिले आगोले जलेर खरानी बन्छ मेरो देश,

कहिले बाढीले बगाएर भेल बन्छ मेरो देश।

सपनाहरू ढल्छन्, कहिले आशा मर्छन् यहाँ,

कहिले आँसु, कहिले पीडाको खेल बन्छ मेरो देश।

हिमाल हाँस्छ, पहाड रुन्छ, तराईको छाती पोल्छ,

कहिले घाउ, कहिले घाउमाथि तेल बन्छ मेरो देश।

युवाहरू परदेशिन्छन्, आमाहरू बाटो हेर्छन्,

कहिले रित्तो घर, कहिले शून्य मेल बन्छ मेरो देश।

सत्ताको होडबाजीमा जनताको स्वर हराउँछ,

कहिले वाचा, कहिले झुटको जेल बन्छ मेरो देश।

कति सहन्छौ धर्ती आमा, कति रुन्छौ चुपचाप,

कहिले लास, कहिले चिताको सेल बन्छ मेरो देश।

तैपनि माया मर्दैन, आशा अझै धेरै बाँकी छन यहाँ ,

हरेक प्रलय संकट टारि बिजयको रेल बन्छ मेरो देश।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.