५ भदौ २०८२, बिहिवार

कालापानी क्षेत्रमा चीन र भारतको ब्यापारीक सम्झौता भएपछि बौद्धिक परिषद को ध्यानाकर्षण

काठमाडौं । चीन र भरतले नेपालको कालपानी क्षेत्र बाट दुइ पक्षीय ब्यापारको सम्झौता गरेपछि नेपाल बौद्धिक परिषदले ध्यानाकर्षण गराएको छ । बौद्धिक परिषदले एक प्रेस बिज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएको हो । जारी प्रेस बिज्ञप्तिमा "चीनका विदेशमन्त्री श्री वाङ यीज्यूको पछिल्लो भारत भ्रमणका क्रममा दुई विदेशमन्त्री स्तरीय वार्तामा सहमती भएको भनी भारत सरकारको परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिको बुँदा नं ९ मा उल्लेखित 'लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारलाई पुनःसञ्चालन गर्ने' भन्ने वाक्यांशमा नेपाल बौद्धिक परिषद्‌को गम्भीर ध्यानाकर्षण भएको छ । १. महाकाली नदीपूर्वका नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाली जनता र नेपाल सरकार अडिग छ । यस तथ्यलाई नेपालको संविधानमा प्रकाशित नेपालको आधिकारिक नक्सामा समेत समावेश गरिसकिएको अवगत नै छ । २. नेपाल सरकारको तर्फबाट मित्रराष्ट्र भारतलाई यसवारे औपचारिक जानकारी गराई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार तथा सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आईरहेको छ । ३. उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको अवस्थामा भारतको परराष्ट्र मन्त्रालयबाट जारी उक्त विज्ञप्ति बारे चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दछौं । ४. नेपाल-भारतबीच सदियौंदेखि रहँदै आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको सान्दर्भिकतालाई समेत मनन गर्दै दुई देश र जनताबीच रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुबै देशबीच रहेका सबै सीमा विवाद कुटनीतिक माध्यमबाट अविलम्व समाधान गर्न नेपाल र भारत सरकारसमक्ष माग गर्दछौं " भनिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.